मन्त्री शरेस नेपालको पहलमा सिन्धुपाल्चोकमा ३ करोड


 बिपदग्रस्त सिन्धुपाल्चोकमा जोखिम युक्त मानवबस्ती, सरकारी तथा सामुदायिक संरचना संरक्षणका बागमती प्रदेश सरकारलेलागी ३ करोड भन्दा बढि बजेट पठाएको छ । वन तथा वातावरण मन्त्री सरेश नेपालले सिन्धुपाल्चोकका बाढी, पहिरोको जोखिममा रहेका बस्ती, खेतियोग्य जमिन तथा सरकारी सामुदायिक संरचना संरक्षणका लागि ३ करोड ४७ लाख का विभिन्न योजना सिन्धुपाल्चोकमा पठाउनुभएको हो । प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले जिल्लामा अख्तियारी पठाइसकेको छ । मन्त्रालयको योजना अनुसार सिन्धुपाल्चोक बलेफि एक करोड बराबरका विभिन्न योजना छन् ।त्यस्तै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकामा पनि ९८ लाखका योजना छनोट भएका छन् ।


सिन्धुपाल्चोक सुनकोसी गाउापालिकामा ३७ लाख, ,जुगल गाउँपालिकामा ३३ लाख , त्रिपूरासुन्दरी गाउँपालिकामा ३० लाख भोटेकासीमा २० लाख, हेलम्वुमा १५ लाख , मेलम्ची नगरपालिकामा १५ लाख गरि जिल्ला भर ३ करोड ४७ लाखका योजना पठाएको छ । वागमति प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विषयगत कार्यलय बाट यी योजना कार्यान्व्यन हुनेछन् । नदी तटीय क्षेत्र तथा ग्रामीण भेगमा पहिरोको जोखिममा रहेका क्षेत्रमा यी योजनाका काम हुनेछन् ।



, , ,