बलेफी वडा नं. ६ का कोरोना संक्रमितलाई सहयोग

गाेपाल गदाल

बलेफी गाउँपालिका वडा नं. ६  नेकपा माओवादी केन्द्रको टोलिले वडा नं. ६ का कोरोना संक्रमितहरु लाई नगत तथा पोषणयुक्त खानेकुरा लगाएत स्वास्थ्य सामाग्री प्रधान गरेको छ। 


वडा नं. ६ बलेफी को तर्फबाट अध्यक्ष चित्र बहादुर तामाङ  र नेकपा माओवादी केन्द्रको तर्फबाट बागमती प्रदेश कमिटी सदस्य महिला नेतृ अमृता नेपाल को नेतृत्वमा उक्त सामाग्री वितरण गरिएको थियो । 


बलेफी गाउँपालिका वडा न ६ बाट संक्रमित लाई तोकिएको नगद २००० र नेकपा माओवादी केन्द्रका तर्फबाट  हर्लिस, साबुन, सेनिटाईनर, माक्स लगाएतका सामाग्री वडाका सम्पुर्ण संक्रमितलाई  आईतबार र सोमबार वितरण गरिएको थियो । साथै वितरण कार्यक्रममा वडा सदस्यहरु रमेश घिमिरे ,रिना तिमल्सिना, विष्णु बहादुर तामाङ र माओवादी केन्द्रका राजु घिमिरे  ,जेके लामा , मिन बहादुर तामाङ,सरोज पराजुली लगाएत  सहभागी थिए । 


नगद रकम वडाकार्यालयको तर्फबाट ,पोषण युक्त खानेकुरा माओबादि केन्द्र वडा न ६ कमिटीको तर्फबाट उपलब्ध गराईएको हो साथै जालबारि स्वस्थ चौकिबाट स्वास्थ्य कर्मी समेत सहभागी भई वडा बासिको चेकजाँच गरि औषधि समेत बाडिएको वडा अध्यक्ष तामाङले बताउनु भयो ।

, , , , , , , , , , , , , , , , , , ,