मेलम्ची बाढीको १२ दिनपछि ढल्यो ३ तले घर

रूपक पुरी

 मेलम्ची नदीमा आएको  बाढीले १२ दिनसम्म पनि कटान जारी राखी शनिबार बिहान  थप एउटा घर ढालेको छ ।



शनिवार विहान मेलम्ची नगरपालिका(११ मा रहेको  गोपाल दुलालको साढे ३ तलाको घर ढालेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश सापकोटाले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो । डीएसपी सापकोटाका अनुसार घर ढले पनि मानवीय क्षति भने भएको छैन । प्रहरीको तथ्याङ्क अनुसार १ गते आएको बाढीले मेलम्ची र हेलम्बुमा ५ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् ।

, , , , , , , , , , , , , , , , , , ,