प्रधानमन्त्रीद्धारा पचास हजार सहयोगको घोषणा


नेकपा एमालेको अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपि शर्मा ओलीले सिन्धुपाल्चोकको बाढी प्रभावीत क्षेत्र को अवलोकन गर्नु भएको छ ।  २०७८असार १ गते आएको बाढी पहिरोले  सिन्धु पाल्चोक  जिल्लामा ठुलो जनधनको क्षती  भएको थियो ।



यसरी क्षेती भएको महीना दिन पुग्न लाग्दा प्रधानमन्त्री ओलीले शनीबार  जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा बाढिग्रस्त क्षेत्रको अवलोकन गर्नु भएको हो  । प्रधानमन्त्री ओली काठमाण्डौबाट हेलीकप्टरमार्फत हेलम्बु गाँउपालिकाको किउल, गणेशे बगरमा पुग्नुभएको थियो । बाढी पहीरो पिडीतहरु सँग कुरा गर्दै प्रधान मन्त्री ओलीले सरकार सँधै जनताको साथमा रहेको बताउँनु भयो । उँहाले  ‘तपाईंहरु अहिले ठुलो बिपत्तीमा हुनुहुन्छ, आफन्त र सम्पत्ति पनि गुमाउनु भएको यस्तो अवस्थामा धैर्य गर्नुको बिकल्प छैन ।’ भन्नुभयो । सो अबशरमा  तिनै तहका सरकार मिलेर क्षतीग्रस्त सबै संरचना पुनः पुरानै अवस्थामा फर्काउनको लागि आफुहरु प्रतिबद्ध रहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो । मेलम्चीको सैनीक ब्यारेकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बाढीले क्षतिग्रस्त घर, बिद्यालय, लगायत सबै संरचना छिटो निर्माण हुने भन्दै सगै आएका यातायात मन्त्री वसन्त नेम्वाङ लाई निर्माण कार्य थाल्न निर्देशन दिएका थिए । बाढीबाट बिस्थापितलाई अस्थायी आवसका लागि १५ सय बण्डल जस्ता र प्रति परिवार नगद ५० हजार तत्काल प्रदान गर्ने प्रधानमन्त्री ओलिले सो अबशरमा जानकारी गराउँनु भयो । प्रम ओलीले सडक तथा बस्ती संरक्षणको लागि हेलम्बु गाउँपालिकाको लागी  २ करोड ५० लाख , पाँचपोखरी थाङ्पाल गाउँपालिका २ करोड र मेलम्ची नगरपालिका को लागि १ करोड ६५ लाख नेपाल सरकारले प्रदान गर्ने जानकारी समेत दिनु भयो  । कार्यक्रममा प्रम ओलीले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको मुहानमा क्षतिग्रस्त भएको र सिन्धु पाल्चोकले  प्रकृती बिपत्ती बाट धेरै क्षेती ब्यहोर्न परेकोमा दुख ब्यक्त गर्दै उपत्यका बासीले  खान लागेको पानी कम्तिमा एकवर्ष  ढिलो हुने बताउँनु भयो  ।प्रधानमन्त्री सगै भौतिक यातायात मन्त्री वसन्त नेम्वाङ ,प्रधानमन्त्री पत्नी राधिका शाक्य ,पुर्व मन्त्री शेरबहादुर तामाङ, दावा तामाङ, गृह सचीव लगायत सरकारी अधिकारीहरु हेलम्बु प्रभावीत क्षेत्रमा जानु भएको थियो  । 


, , ,