क्षेत्राधिकार भन्दा बाहिर प्रेस काउन्सिल जाँदैनः अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिल नेपाल आफ्नो क्षेत्र अधिकार भन्दा बाहीर गएर कुनै पनी काम नगर्ने बताउँनु भएको छ । 






उँहाले प्रेस काउन्सिल नेपाल  र नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको संयुक्त आयोजनामा काठमाडौंमा भएको  कार्यक्रममा यस्तो बताउँनु भएको हो ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले नेपालमा पत्रकार आचार संहिता उल्लंघनका दर्जनौं रहेको उदाहरण प्रस्तुत गर्नु भए पछी  अध्यक्ष बस्नेतले आफ्नो भनाइ राख्दै  काउन्सिल आफ्नो क्षेत्राधिकार बाहिर नजाने स्पष्ट पार्नुभएको हो  । ‘काउन्सिल क्षेत्राधिकार बाहिर जान्छ कि भन्ने चासो र चिन्ता लिनु आवश्यक छैन, भन्नु हँुदै बस्नेतले‘हामी राज्यले बनाएको संविधान, ऐन र नियमभित्रै रहन्छौं ,आचारसंहिता पालना गर्नु सबैभन्दा उत्तम रहेको  बताउँनु भयो । उँहाँले यसो भनीरहँदा  स्वस्थ्य पत्रकारिता भएको छ कि छैन भन्ने मूल्यांकन गर्नु पर्ने बेला आएको समेत  बताउँनु भयो  । ‘हाम्रो पत्रकारिता छ पीत पत्रकारिता विकास भएको १८८५ कै अवस्थामा रहेछ, सुधारिएको रहेनछ,  भन्दै बस्नेतले हामीले राम्रो काम गरिरहेको दाबी गरे पनि नागरिक प्रताडित भएका रहेछन्, अब यो समस्यालाई कसले हेर्ने त रु’ जस्ता कुरा उल्लेख गर्नु भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संकटका बेला पत्रकारिताको महत्त्व झनै बढी रहेको उल्लेख गर्दै कानूनबाट शासित हुनुअघि आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । उँहाले पत्रकार हरु सँधै जोखीम मोलेर काम गरिरहेका हुन्छन भन्नु हँदै सङ्कटका बेला झन बढी जोखिममा रहेका हुन्छन यस तर्फ राज्यले ध्यान दीन पर्छ भन्नु भयो । नेपाल पत्रकार महासंघका सल्लाहकार निर्मला शर्मा र ईकागज डट कमका प्रधान सम्पादक हरिबहादुर थापा, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारी लगाएत ले  कार्यक्रममा मन्तब्य राख्नु भएको थियो । 


, , , , , , , , , , , , , , , , , , ,