“समृद्धिका लागी सिभिल बैंक” दाहाल


“समृद्धिका लागी सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले बिगतकावर्षहरु भन्दाब्यबसायको आयतनमाबिशेष रुपमाअप्रत्याशित वृद्धि गरि एउटा नमुना बैंकको रुपमाआफुलाई प्रस्तुतगरिरहेको छ। निरन्तर रुपमामौलिक बैंकिंग सेवाहरु पस्कँदै आइरहेको छ ।


भर्खरै मात्र बैंकले बजारमाल्याएको निक्षेप योजनाहरु “खुत्रुके खाता” र “सुपर प्रीमीयम बचत खाता” को बारेमा बैंकको वागमतिप्रदेशका प्रमुखसुरज दाहालसंग गरिएको संक्षिप्त कुराकानीमाआधारित अंश ।

सिभिल बैंकको सुपर प्रीमीयम बचत खाता कस्तो बचत खाताहो र कस–कसले खोल्न सक्छन ?

न्युनतमामौज्दात रू २५,००० रहेको सिभिल बैंक सुपर प्रीमीयम बचत खातामा बैंकले ६.०१ प्रतिशतको सर्वाधिकवार्षिक ब्याजदरको अलावा मेटलाईफ बीमाकम्पनी सँगको सहकार्यमाखातावालालाई ६ वटा प्रमुख घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक, पहिला हृदयघाट, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)का लागि रू दुई लाख सम्मको निःशुल्कऔषोधपचार वीमा सुविधाप्रदानगर्नेछ। साथै मोवाईल बैंकिङ्ग सुविधा, इन्टरनेट बैंकिङ्ग सुविधा, एटीएम कार्ड, एसएमएस बैंकिङ्ग सुविधापनिनिःशुल्क रुपमै प्रदानगरिनेछ । र यो बचत खाता १८ वर्ष देखि ५८ वर्ष ननाघेका जो कोहिले पनि सजिलै सित बैंकमागई खाताखोल्न सक्नेछन ।  

खुत्रुके खाताको बारेमापनि केहि भनिदिनुहोस  ?

अन्य बैंकहरुले प्रदानगरिरहेको रिकरिंग डिपोजिटहरुमा सर्तहरु तथाबन्देजहरु हुने गर्छन भने यो भन्दा पृथक रहेर सिभिल बैंकले आफ्नो रिकरिंग डिपोजिट – खुत्रुके खातालाई सर्त तथाबन्देज मुक्तबनाईएको छ जसमा बचत गर्न चाहने ग्राहकले दुईबर्ष देखि दशबर्षसम्मको खुत्रुके खातारेकरिंग डिपोजिट खोल्छन अनिमासिकन्युनतम रु पाँच सय देखि माथिगर्दै जान्छन्, कुनै महिनामाकुनै कारणबस जम्मागर्न असमर्थ भएमापनिकुनै किसिमको पेनाल्टी तिर्नु पर्ने हुँदैन अनिआफुले निर्धारण गरेको समय सिमापश्चात साँवातथाब्याजको एक मुष्ठ भुक्तानी पाउँछन ।  अझ यस खातामा सुपरप्रिमियम बचत खातामाभन्दा १ प्रतिशतथपब्याजपाईन्छ । केहिगरीअवधिको बीचमाआकस्मिक कारणले रकमआवष्यकभएमा संचित रकम को ७० प्रतिशत ऋणमा नैबिना झन्झट रकमनिकाल्न सकिन्छ ।

अहिलेको कोरोना संक्रमणको जोखिममाखाताखोल्न केहि अतिरिक्तव्यवस्थागर्नु भएको छ कि ?

हो गरेका छौं। कोरोना संक्रमणको जोखिमभएकोले घरबाटै अनलाइनमार्फत खाताखोलि, पछी आफुलाई पायक पर्ने शाखामागई केवल दस्तखत गरीखाता संचालनमाल्याउन सकिन्छ।  

सिभिल बैंकले यीदुबै खाताहरुमाऊच्चब्याजदर प्रदानगरिरहेको पछाडी को कारण ?

विद्यमान कोरोना संक्रमनबाट सिर्जित कठिन अवस्थामाअन्यवित्तीय संस्थाहरुद्वारा निक्षेपमाप्रदानगरिएको ब्याजदरको तुलनामाग्राहकको मेहनतकाकमाईको कदर गर्दै आकर्षक ब्याजप्रदानगरिएको कारणले ग्राहकहरु यस बचत खाताबाट लाभान्वितहुनेछन् साथै हामी सर्वासाधरणको बैंकको रुपमा परिचितहुनतथाग्राहकहरुलाई बढी भन्दा बढी प्रतिफलप्रदान गरी लोकप्रियबैंक बन्ने जमर्को लिएका छौं ।


, , ,