सिद्धीगणेशमा २८ल्यापटप पहीलो नम्बरमा आउँने प्रतिबद्धता

 

सिन्धुपाल्चोक जिल्लाको  चौतारा साँगाचोकगढी नगरपालिकावडा नं ७, सानो सिरुबारीमा रहेको श्री सिद्धिगणेश माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शिक्षीका हरुलाइ ल्यापटप बितरण गरिएको छ ।


बागमती प्रदेसका पुर्ब सामाजीक बिकास मन्त्री माननीय युवराज दुलाल शरद ले आइतबार एक कार्यक्रमका बिच बिद्यालयमा रहेका  सम्पूर्ण शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण गरिएको छ।नमूना विद्यालय विकास कार्यक्रम अन्तरगत  बागमती प्रदेश सरकारलेसिद्धिगणेश माध्यमिक विद्यालयलाई १६ लाख ९१ हजार ४५ रुपैयाँ बजेट विनियोजन गरको थियो।

ल्यापटप वितरण गर्दै निवर्तमान मन्त्री दुलालले ल्यापटपको सही सदुपयोग गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनु भयो । उँहाले  बिद्यालयले   गुणस्तरिय र प्रयोगात्मक शिक्षा दिन सके मात्र बिद्यालयले प्राप्त गरेका सामाग्रीहरुको सही सदुपयोग भएको मानीने बताउँनु भयो । उँहाले   आफ्नै नेतृत्वमा रहेको सामाजिक विकास मन्त्रालयले अघि सारेको नमूना विद्यालय विकास कार्यक्रम सफल भएकोमा आफु खुसी भएको पनि सो अबशरमा बताउँनु भयो । विद्यालयमा अध्यापन गराउने सम्पूर्ण २८ जना शिक्षकहरूलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक राजकुमार यादवले जानकारी दिनु भयो । विद्यालय सम्पूर्ण कुराले पूर्ण भइसकेको हुँदा अब शैक्षिक अवस्था सुधारमात्रै बाँकी रहेको र आफ्नो वडाका बिद्यालय हरुले शैक्षीक स्तरमा पनी अन्यत्र भन्दा राम्रो गरेको आफुलाइ महशुस भएको वडाध्यक्ष उमाप्रसाद दुलालले बताउँनु भयो ।प्रदेश सरकारले छनोट गरेका २० वटा नमूना विद्यालयहरूमा पर्न सफल भएको सिद्धिगणेश माध्यमिक विद्यालयका शिक्षक शिक्षीकाहरूलाई सरकारको आर्थिक सहयोगमा ल्यापटप वितरण गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मुक्ति दुलालले बताउँनु भयो । सिद्धि गणेश माध्यमिक बिद्यालयमा भएको उक्त कार्यक्रममा ल्यापटप  बितरण सँगै बिद्यालयलाइ बिस बिद्यालयहरु भन्दा पनी पहीलो नम्बरमा परेर साँच्चीकै नमुना बनाउँन आफुहरु लागी पर्ने समेत अध्यक्ष दुलालले प्रतिबद्धता ब्यक्त गर्नु भयो । 


, , , , , ,