मध्य भोटेकोशी द्धारा शेयरपुनः खुल्ला

 मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडलेस्थानीयको लागि शेयरको निष्काशन तथा बिक्री पुनः खुल्ला गरेकोृ छ ।


कम्पनीले  सुचना प्रकाशीत गरी यसको जानकारी दिएको छ  ।कम्पनी द्धारा जारी सुचनामा  कम्पनीद्वारा सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती ÷ मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग ÷ मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुसमेतको लागि यस कम्पनीले मिति २०७८बैशाख१३ गते आह्वान पत्र प्रकाशित गरी मिति २०७८ बैशाख२१ गते देखि स्थानीय समूहको लागि छुट्टाइएको कुल ६० लाख कित्ता साधारण शेयरहरुको बिक्री खुल्ला गरिएको ÷ उक्त शेयरहरुको मिति २०७८बैशाख२४ गते देखि बिक्री बन्द गरिएकोमा  मिति २०७८ श्रावण५ गते मंगलबार देखि पुनः बिक्री खुल्ला गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ । शेयर निष्काशन मिति २०७८ श्रावण १७ गते सम्म छिटोमा र मिति २०७८ श्रावण ३२ गतेसम्म ढिलोमा बन्द हुनेछ । यस निष्काशनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ ।यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिएको ह’ँदा उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्त साथ रकम बुझाउन सकिने छ ।नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने छ । यसका अलावा eSewa, IME Pay  को Online Payment Gateway एवं निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट Onlineआवेदन दिने सकिने व्यवस्था समेत गरिएको छ । कम्पनीले प्रथम चरणको सार्वजनिक निष्काशनअन्तर्गत कर्मचारी संचयकोषमा संचय गर्ने संचयकर्ता कर्मचारीहरु, शेयरधनी संस्थापक संस्थाका कर्मचारीहरु एवं ऋणदाता संस्था श्री कर्मचारी संचय कोषका कर्मचारीहरुलाई आ.व.२०७५।०७६ मा निष्काशन गरी मिति २०७५।०९।०४ को बाँडफाडमा परेका शेयरधनी तथा द्वितीय चरणको स्थानीय बासिन्दातर्फको सार्वजनिक निष्काशन अन्तर्गत मिति २०७८ बैशाख २१ गते देखि २०७८ बैशाख२३ गतेसम्म गरी तीन दिन सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दा एवं प्रभावित क्षेत्रबाहेक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको लागि निष्काशन गरिएको शेयरमा आवेदन दिएका आवेदकहरुले यस निष्काशनमा पुनः आवेदन दिनु नपर्ने व्यहोरा समेत सुचना द्धारा जानकारी गराइएको छ  ।आवेदन फाराम प्राप्त गर्न र बुझाउन राखिएका संकलन केन्द्रहरु तथा निष्काशन सम्बन्धी अन्य विभिन्न विवरण एवं जानकारीको लागि मिति २०७८ बैशाख १३ गतेको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित आह्वानपत्र र मिति २०७८।०४।०५ गतेको कारोबार दैनिकमा प्रकाशित हुने निष्काशन तथा बिक्री खुल्ला सम्बन्धी सूचना मार्फत विस्तृत जानकारी लिन सकिने छ । साथै, यस कम्पनीको केन्द्रीय कार्यालय, महाराजगंज, काठमाडौं (फोन नं.ः ०१–४७२१६४१, ०१–४७२१६४२)  वा आयोजना कार्यालय, खोरांग, सिन्धुपाल्चोक र निष्काशन तथा बिक्री प्रबन्धक, ग्लोबल आइएमई क्यापीटल लि. नक्साल, काठमाडौं  (फोन नं.ः ०१–४५४५६४९) मा सम्पर्क गरी निष्काशन सम्बन्धी विस्तृत जानकारी जानकारी प्राप्त गर्न सकिनेछ । यसका अलावा यस कम्पनीको वेबसाइट www.mbjcl.com.np  अथवा निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट www.globalimecapital.com तथा सह– निष्काशन तथा बिक्री प्रबन्धकहरुको वेबसाइटसमेतमा उक्त जानकारीहरु उपलब्ध गराइएको  जनाइएको छ ।



, , , ,