काँग्रेसद्धारा मूल्य बृद्धि फिर्ता लिन माग


 नेपाली कांग्रेस बिषय समितिको बैठकले पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धी र सवारी भाडा बृद्धी फिर्ता लिन माग गरेको छ ।


समितिका संयोजक माननीय दिव्यमणीराज भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको   बैठकले यस्तो माग गरेको हो । नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ । नेपाली काँग्रे  द्धारा प्रप्त जानकारी अनुसार   बैठकले २०७८ साल जेष्ठ ७ गते मध्यरातमा प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारद्वारा गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध गत असार २८ गते सम्मानित सर्वोच्च अदालतबाट सरकारको उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भनी संसद पुर्नस्थापना  सहित नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री नियुक्तका लागि परमादेश जारी भएको छ । सर्वोच्च अदालतको उक्त निर्णयको स्वागत गर्दै सम्माननीय सर्वोच्च अदालतप्रति यो बैठक उच्च सम्मान गर्दछ । नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यू नेपाल सरकारको प्रधानमन्त्री, संसदीय दलका प्रमुख सचेतक मा.बालकृष्ण खाँण गृहमन्त्री र प्रतिनिधि सभाका सदस्य मा. ज्ञानेन्द्र बहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।के.पी. ओली नेतृत्वको सरकारले जादाजादैं सरोकारवालाहरुसँग आवश्यक छलफल तथा समन्वय नगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सार्बजनिक यातायातमा भाडा बृद्धि गरेको छ । यसप्रति वर्तमान सरकारको ध्यानाकर्षण गर्दै जनताहरुलाई परेको मर्काको बिषयमा मनन गरी उक्त मूल्य बृद्धि फिर्ता लिन माग गर्ने निर्णय गरेको छ। 


, , ,