बाढीबाट प्रभावित याङ्ग्रीका ९० घरपारिवारलाई स्वच्छता सामग्री बितरण

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. २ याङ्ग्रीका ९० घरपारिवारलाई स्वच्छता सामग्री बितरण गरको छ  । 


असार १ मा याङ्ग्री र लार्के खोलामा आएको बाढीबाट प्रभावित परिवारलाई आईतबार स्वच्छता सम्बन्धी सामग्री वितरण गरिएको हो । पाँचपोखरी थाङ्गपाल गाउँपालिकासँगको सहकार्यमा उक्त समुदायमा विपद्को समयमा स्वास्थ्य सम्बन्धी कुराहरुलाई ध्यानमा राख्न अभिमुखीकरण सहित सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिनुभयो । समुदायमा धेरै खाद्यन्न उपलब्ध भएको तर महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर प्रदान गरिएको यो पहिलो सामग्री भएको स्थानिय फुलमती तामाङले बताउनुभयो ।  विपद्को समयमा महिला तथा किशोरीहरुका लागि यो धेरै उपयोगी हुने उहाँको भनाई छ । स्टार्ट फण्डको सहयोग, केएर नेपाल, पिपुल इन नीड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा बाढी पहिरो विपद् प्रतिकार्य कार्यक्रम अन्त उक्त समुदायलाई स्वच्छता सम्बन्धी मञ्जन, साबुन, माक्स, सेनीटरी प्याड, तौलिया, स्येनीटाईजर, काँइयो लगायत सामग्री उपलब्ध गराईएको थियो ।

, , , , , , , , , , , , , , , , , , ,