पुर्ब मन्त्री बस्नेत द्वारा बाह्रबिसे स्वास्थ्य केन्द्रलाई ब्लड स्टोरेज रेफ्रिजेनेरेटर हस्तान्तरण

कुमार बस्नेत (अधिराज)

बाह्रबिसे नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई ब्लड स्टोरेज रेफ्रिजेनेरेटर हस्तान्तण गर्नुभएको छ । 

जिल्लाका जनता स्वास्थ्यको  सेवाबाट कोही पनि बञ्चित हुन नपरोस भनेर अस्पताल र स्वस्थ्य केन्द्र प्रविधिमैत्री बनाउने योजनामा कांग्रेस नेता बस्नेत लागिरहनु भएको छ ।यश कार्यमा  आर्थिक सहयोग भने सुबास तिमल्सिना र उमेशलाल प्रधानले गर्नुभयको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताउनु भयो

विभिन्न दुर्घटनाका विरामी, सुत्केरी, अन्य रोगीका लागि जिल्लामा रगतको अभाव देखिँदै आएकाले मेलम्ची, चौतारा र बाह्रबिसे अस्पतालमा ब्लड स्टोरेज मेसिन कांग्रेस नेता बस्नेतको पहलमा राख्न लागिएको हो ।

कोभिड, भूकम्प, अन्य विपत्तिमा समाजसेवा गर्दै आउनुभएको बस्नेतलाई नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस दैवी प्रकोप तथा विपद् व्यवस्थापन समितिको प्रमुखसमेत बनाएको छ । यो समितिले देशभरि हुने दैवीप्रकोपको सूचना संकलन गर्नेदेखि उद्धारमा नेता कार्यकर्ता परिचालन, राहत वितरणलगायतका काम गर्नेछ ।

देशभरि बाढीपहिरोको समस्या देखिएपछि कांग्रेसले पार्टीको तर्फबाट उद्धार र राहत वितरणका लागि नेता बस्नेतको संयोजकत्वमा समिति बनाएको हो । नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका साथै समस्यामा परेका जनताको उद्धारमा आफै उपस्थित भएर सहयोग गर्दै आउनुभएको छ । कोरोना महामारीका बेला पनि नेता बस्नेतले आफूलाई अग्रपंक्तिमा राखेर जनस्वास्थ्यसम्बन्धी सहयोग र उद्दारका कामहरू गर्दै आउनुभएको छ।




, , , , , , , , , , , , , , , , , , ,