बलेफीमा सयाै युवा कांग्रेस प्रवेश

कुमार बस्नेत (अिधराज)


बलेफी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा एमाले र माओवादी केन्द्रका झण्डै दुई सय युवाहरूलाई पार्टीमा प्रवेश गराउनुभएको छ ।


बलेफी बजारमा बलेफी गाउँपालिका नेपाली कांग्रेसको पार्टी कार्यालायलाई मंगलबार उद्घाटन गर्ने क्रममा एमाले र माओवादीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई नेता बस्नेतले भव्य रुपमा स्वागत गर्नुभएको हो । बस्नेतले सिन्धुपाल्चोकको विकासको जिम्मेवारी कांग्रेस र आफूले लिने बतानुभएको छ ।  उहाँले भने, ‘विकास गर्न कहाँबाट पैसा ल्याउनुपर्छ हामीलाई थाहा छ । विकास गर्ने हुती कम्युनिस्टको छैन । हामीले गर्छौं  बस्नेतले कम्युनिस्टहरूलाई झुठको खेती गरेर जनतालाई नझुक्याउन चेतावनी समेत दिनुभएको छ ।


केन्द्रीय सदस्य विष्णुबिक्रम थापाले पनि कांग्रेसमा आकर्षण बढ्दै गएको बताउनु भयो  । उहाँले कांग्रेसमा प्रवेश गर्नेहरू दिन प्रतिदिन बढ्दै गएको भन्दै क्रियाशील सदस्यता दिन पार्टीले कञ्जुस्याँ गर्न नहुने बताउनुभएको छ । पुर्ब मन्त्री बस्नेतको समन्वयमा  नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र न ज्ञबिपत ब्याबस्थापन कोषबाट सङ्कलित नेपाली कांग्रेस बलेफी गा।पा छ को नेतृ चन्द्र कुमारी ठकुरी एकल महिला वृद्ध बिरामि अवस्था हुनुभएकोले उहाँलाई राहत स्वरूप रु ४५००० सहयोग समेत गरिएको   छ। कार्यक्रममा बस्नेतका साथै कांग्रेसका केन्द्रीय सदस्य विष्णुबिक्रम थापासहितका सिन्धुपाल्चोक कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 


कांग्रेस प्रवेश गर्नेमा बलेफी गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका एमाले र माओवादीका नेता कार्यकर्ता छन् । साथै नेपालि काँग्रेस बलेफि ८ लामोसाँगुमा  पार्टी कार्यालय उद्घाटन तथा कोभिटको बेला हरेक किसिमले जनताको प्रतक्षे सयोग गर्नुहुने सामाजिक ब्यक्ति हरूलाई सम्मान गरिएको बलेफि ८ का सभापति रमेस श्रेष्ठले बताउनुभयो। साथै मंगलबार बस्नेतले सुनकोसी क्याम्पस लामोसाँगुमा  क्षिक्षा स्तरउन्नतिका लागि ५ थान कम्प्युटर र २ थान फोटोकपि मेसिन हस्तान्तरण पनि गर्नुभयको छ।बलेफि ८ काँग्रेस  ईकाईले बलेफि ८ मा रहेको स्वस्थ चौकिलाई अक्सिजन प्रयोग गर्न चाहिने उपकरण लगायतका समाग्रि र खानेपानि मुहान बर्षाका कारण क्षेति भयको ठाँउका लागि पाईप प्रमुख अथिति बस्नेतको हातबाट हस्तान्तरण गरियको श्रेष्ठले बताउनुभयो कार्यक्रममा बलेफिका काँग्रेस नेता तथा समाजसेबि रामकुमार लामा,सुबास तिमल्सिना ,उमेश प्रधान,लालकाजि तामाङ लगायत का नेता तथा कार्यकर्ता को उपस्थिति रहेको थियो।




, , , , , , , , , , , , , , , , , , ,