युवा संघका केन्द्रीय सदस्यसहित सिन्धुका सयौँ युवा कांग्रेसमा प्रवेश : पुर्ब मन्त्री बस्नेतद्वारा स्वागत

कुमार बस्नेत (अधिराज)


एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक जिल्लाका इञ्चार्ज सुरेनबिक्रम योञ्जन सहित सयौँ नेता कर्याकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

 सोमबार भक्तपुर जिल्लाको कौशलटारमा आयोजित नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य योञ्जनसहित करीव ४ सय जना भन्दा बढि कांग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस का १ न क्षेत्रिय सभापति बालकृष्ण बस्नेतले जानकारि दिनु भयो   । कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले योञ्जनसहितका नवप्रवशीहरूलाई पार्टीमा स्वागत गर्नुभयको थियो। सोमबार कै दिन  कांग्रेसमा प्रवेश गर्नु भयका  योञ्जनलाई कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले लोकातान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा मनोनीत पनि गर्नुभयको छ । योञ्जनसँगै सिन्धुपाल्चोकका  ४  सय बढि एमाले, माओवादी केन्द्र र राप्रपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको  नेपाली काङ्ग्रेस का  महासमिति सदस्य प्रेमध्वज लामाले  जानकारिदिनु भयो । नेपाली कांग्रेसका खेलकुद विभागका प्रमुख समेत रहनु भयका बस्नेतले जनतामा कांग्रेसप्रति विश्वास जागेर आएको बताउनु भयो । उहाँले जनताको विश्वासलाई कांग्रेसले खेर जान नदिने पनि बताउनुभयो। पुर्व मन्त्री  बस्नेतले सिन्धुपाल्चोकको विकासको जिम्मेवारी कांग्रेस र आफूले लिने र बिकास कसरी गर्नुपर्छ भन्ने पनि थाहा भएको बतानुभयो । उहाँले जुगल गाउँपालिकाका केही स्थानमा बिजुली नपुगेको भन्दै निर्वाचन अगाडि बिजुली लैजाने प्रतिबद्धता दिनु भयो । अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक जिल्लाबाट महासमिति सदस्य हरिसरण श्रेष्ठ ,प्रेम ध्वज लामा क्षे न १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायत कांग्रेसका नेता कार्यकर्ताहरू भक्तपुर जानू भएको थियो। कार्यक्रममा नव प्रबेसि हरुलाई  खादा लगायर स्वागत गरियको थियो ।

, , , , , , , , , , , , , , , , , , ,