नगरबासीका सुरक्षामा बाह्रबिसे


 सिन्धुपाल्चोक जिल्लाको  बाह्र्बिसे नगर पालीका ले  आफ्ना नागरिकको सुरक्षाका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । वाढिपोहिरोको कारण निकै धनजनको क्षति ब्यहोरेको सो नगरपालिकाले नागरिकको सुरक्षाको लागि वस्ति स्तानन्तरणको कामसमेत सुरुगरेको छ । वाढिपहिरोवाट हुनसक्ने क्षतिलाई कम गर्न नगर भित्रका उच्च जोखिम बस्तीहरूलाई सुरक्षित स्थानमा स्तानन्तरण गर्न लागीएको बाह्र्बिसे  नगरपालिकाको उपप्रमुख शुशिला पाख्रिनले बताउँनु भयो  ।


नगरपालिकाले नगरपालिका भित्रको वडा नं ५ बुकामका २० घरपरिवार, खोरङका १६ घरपरिवार र त्यसैगरि वडा नं ६ सोताङको १० घरपरिवार लगायत उच्च जोखिममा रहेको सवै परिवारलाई टेन्ट, त्रिपाल, शौचालय सहितको पूर्वधार व्यवस्थापन गर्ने कार्यको सुरूवात गरेको छ ।असुरक्षित बस्तीलाइ सुरक्षित स्थानमा लानेकाम भइरहेको छ । . भौगोलिक ढृष्टीले अत्यन्तै कमजोर भूगोल त्यस माथि २०७२ सालको भूकम्पले हल्लाएर झनै कमजोर,मनसुन संगै दिन को २४ घण्टा पानी पर्ने बिबिध कारण, गत बर्षको बिपत् बिर्सेको छैन, धेरै नगरबासीलाई गुमाएको पिडा धेरै घरबार बिहान भएको, यो बर्ष पनि मनसुन शुरुवात संगै बाढी पहिरो लाग्न थालिसकेको छ। जोखिममा रहेको स्थानहरू लाई स्थानिय सरकारको स्रोत साधनले संभव भए सम्म मानवीय क्षति नहोस् भन्ने उद्देश्यले नगरका विभिन्न वडाका जोखिम बस्तीका स्थानियहरूलाई सके सम्म सुरक्षित स्थानमा बासको व्यस्थापनमा लागेका छौं  भन्नु हुँदै पाख्रीनले  बिपत्तको सामाना सबै मिलेर गरौ आफू बाचौ र अरूलाई पनि बचाऔं सचेत र सुरक्षित रहौं सबैको साथ र सहयोगको अपेक्षा गर्दछु भन्नु भएको छ ।  

 यसका साथै नगरपालीकाले सुत्केरी भेटघाटकार्यक्रम समेत ल्याएको छ । उपप्रमुख पाख्रीनका अनुसार  कुपोषण मुक्त गराउने, जिरो होम डेलिभरी, प्रत्येक महिना स्वास्थ्य संस्थामा लगी बच्चाको तौल मापन गराउने, बच्चालाई लगाउनु पर्ने नियमित खोप लगाउनु लगायत अर्को बच्चा जन्माउने जन्मान्तरको बारे जानकारी, परिवार नियोजनको अस्थायी साधन प्रयोग, साथै अन्य सरसफाई देखी बच्चा र आमाको स्वास्थ्यको अवस्था बुझ्ने मुख्य उद्देश्य राखी नगरपालिकाले सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत नगरपालिकाको १ नम्बर वडा देखि ९ नम्बर वडामा फाल्गुन महिना देखि सुत्केरी भएका र अषाढ सम्मको डेट भएका महिला दिदि बहिनीहरूलाई पोषण सामाग्री वितरण गरिएको छ ।


त्यसै गरी वडा नं ९ मा वडाको कार्यक्रम थप गरी संयुक्त रुपमा एक बर्ष सम्मका बच्चा भएका आमाहरूलाई पोषण सामाग्री वितरण गरिएको छ ।  नगरबासी सुखी  र खूशी साथ सुरक्षित रहे मात्र आफु पनी  सुरक्षीत रहने हँुदा नगर बासीका समस्या समधान गरेर नगर बासीलाइ खुशी राख्न आफुले सकेको र श्रोत र साधनले भ्याए सम्म हरेक समस्या समधानका लागी सम्बोधन गर्ने नगर प्रमुख निमफुञ्जो  शेर्पाले बताउँनु भयो । उँहाले आफुले सके सम्म हरेक नागरिकको घर दैलोमा सुबिधा दिने काम गरेको समेत  बताउँनु भयो । 



, , , , ,