पाँचपोखरीका युवाद्धारा हेलम्बुलाइ सहयोग


 सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिका ७ का युवाहरुद्धारा पिडीतलाइ सहयोग गरेका छन । स्थानीय पाँचपोखरी थाङपाल का महेश लाल श्रेष्ठ, श्याम श्रेष्ठ तथा अन्य युवाबाट संकलित रकम मेलम्ची हेलम्बुका बाढि प्रभावितलाई हस्तान्तरण गरिएको हो  । युवाहरु द्धारा सङ्कलीत रकम शनिवार हेलम्बुका २२ घरधुरी प्रभावितलाई रु दश हजारका दरले सहयोग रकम वितरण गरिएको पाँचपोखरीका महेश लाल श्रेष्ठले जानकारी दिनु भयो  ।


सामाचार अनुसार  मेलम्ची पुनः निमार्ण सरोकार समितिलाई पनी दुई लाख हस्तान्तरण गरिएको अभियान्ता मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

छिमेकि पालिकामा विपद पर्दा सहयोग गर्न पाएकोमा अभियान्ता महेश लाल श्रेष्ठले खुसि व्यक्त गर्नुभयो ।


, , ,