वाँदर धपाउन भोताङवासिलाई वडाको निम्तो

रूपक पुरी


पाँचपोखरि थाङ्पाल गाँउपालिका ३, भोताङले एक सुचना प्रकाशित गरी बाँदर धपाउन वडाका सबै घरलाई  निम्तो दिएको छ ।


बाँदरले मकै बाली सखाप पार्न थालेपछि  साउन ५ गते विहान ८ बजे वडाका प्रत्येक घरबाट १ जना व्यक्ति र कुकुर हुने परिवारले कुकुर समेत लिएर आउन सुचनामा अनुरोध गरिएको छ । “बाँदर धपाओैं, बालीनाली बचाओैं” भन्ने अभियान नै सञ्चालन गरेर वडाले बाँदर धपाउन लागेको हो । “वडाका सबै टोलबाट बाँदरले बालीनाली नष्ट गरेको गुनासो आएपछि बाँदरलाई धपाएर खोला कटाउने योजना बनाएका छौँ । “वडाध्यक्ष निमाछिरिङ तामाङले  लोकप्रिय समनचारलाई जानकारी दिनुभयो । यकातिर बँदेल र दुम्सीले बालिनालि नोक्सान गरेर आजित भएका किसानहरू बादरले समेत दुःख दिन थालेपछि थप चिन्तामा परेका छन् । जिल्लाका अधिकाँश भागमा बाँदरले किसानहरूलाई दुःख दिने गरेको छ ।