लोकप्रिय समाचारले मनायो नवौ बार्षीक उत्सव

सिन्धुपाल्चोक जिल्ला बाट प्रकाशीत लोकप्रियसमाचार राष्टीय दैनिकले आफ्नो नवौ बार्षीक उत्सव मनाएको छ ।


सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीको सभाहल चौतारा मा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोबीन्द चौलागाइको   विशेष आथित्यमा भब्यताका साथ बार्षिकोत्सव समारोह मनाएको हो । जिल्लाकै पहिलो राष्ट्रिय दैनिक पत्रिकाको रुपमा २०७०साल असार ३१ बाट संचालनमा आएको सो पत्रिकाले जस्तोसुकै प्राकृतिक बिपद र कठिन आर्थिक अवस्थामा पनि निरन्तरता दिदै आएको छ ।


 पत्रिकाको नवौ बार्षीक उत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत ले डिजिटल युग (अन्लाइन र फेसबुक)मा सर्दै गरेको सुचना प्रविधिको बिचमा रही काम गर्ने जमर्काे गरेको यो लोकप्रिय समाचारको सफलता ले सञ्चार जगतमा थप   प्रोत्साहन पुगेको बताउँनु भयो । उँहाले सिन्धुपाल्चोकले सञ्चार क्षेत्रको बिकासका लागी धेरै सहयोग गरेको आफुले पाएको र  सिन्धुपाल्चोक जिल्लाका जस्ता सहयोगि स्थानीय सरकार र समाज बिरलै भेटेको   छौ भन्नु भयो  । बिभिन्न सामाजिक र राजनैतिक परिवर्तनको बिचमा जिल्लाबाट संचालन भइरहेको लोकप्रिय समाचार दैनिक पत्रिकाले नवौ बार्षीक उत्सव मनाइरहँदा उँहाले स्थानीय सरकार होस वा  जो होस जसको समाचार लेखे पनी समाचारमा सत्य र तथ्य हुन पर्नै बताउँनु भयो । उँहाले सामाजीक सञ्जालमा पोष्ट हुने कुराहरु सञ्चार कर्मी र अरुको एउटै हुन नहुने बताउँदै सञ्चार कर्मीले सामाजीक सञ्जालमा पोष्ट गरेका कुरा सत्य र तथ्यमा आधारित हुन पर्ने बताउँनु भयो ।  कार्यक्रममा  बिशेष अतीथी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोबीन्द चौलागाँइले बर्तामान परिस्थतीमा छापा मिडीया सञ्चालनमा समस्या भएको बताउँदै यसको जगेर्ना गर्न सबै लागी पर्नु पर्नै बताउँनु भयो । उँहाले लोकप्रिय समाचार ले जस्तोसुकै  अफ्ट्यारा  परिस्थीती  आए पनी  निरन्तरता दिएकोमा धन्यबाद दिदै पत्रकारिता क्षे देखा परेका समस्याहरु समाधान गर्नका लागी नेपाल पत्रकार महासंघ सबै सँग सल्लाह र सुझाब लिएर अगाडी बढ्ने बताउँनु भयो ।

यसै गरि केन्द्रयि सदस्य शान्ताराम बिडारीले  राजधानीको नजीकै जस्तो जिल्ला सिन्धुपाल्चोकमा   सञ्चालीत लोकप्रिय समाचार दैनिकले यसरी जिल्लाका खबरलाइ राष्टीय  तथा अन्तराष्टीय स्तरमा प्रवाह गर्न सफल भएकोमा खुशी ब्यक्त गर्नु भयो ।  

कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका संस्थापक  अध्यक्ष बिष्णु न्यौपानेले  लोकप्रिय समाचार दैनिक ले यसरी निरन्तरता दिन सक्छ भनेर  सोचेका समेत थिएनौँ भन्नु हँुदै लोकप्रिय समाचारले यसरी ९औँ  बार्षीक उत्सव मनाइ रहँदा आफुलाइ गर्भ लागेको बताउँनु भयो ।


उँहाले जिल्लाकै पहीचना बोकेको पत्रीका कुनै पनी अबस्थामा बन्द हुन हुँदैन भन्दै यदी  आर्थीक कारणले पत्रीका बन्द हुने अबस्था आयो भने आफुलाइ खबर गर्न र त्यो समस्या समाधान  गरिदिन आफु तैयार रहेको बताउँनु भयो ।  े उँहाले कुनै पनी कारणले जिल्ला कै पहीचान बोकेको  लोकप्रिय समाचार बन्द हुन हँदेन भन्नु भयो । सिन्धुपाल्चोकको बिगतको इतिहास कोट्याउँदै तत्कालीन  अबस्थामा महासंघ चलाउँन  त धौ धौ परेको केहि साप्ताहिक र मासिक पत्रिका सञ्चालनमा समेत समस्यापरिरहेको अबस्थामा रहेको स्पष्ट पाद पत्रीका प्रकाशनका लागी कागज र  छापाको खर्च समेत धान्न सक्ने अवस्था नभएको समयमा  यसरी दैनिक रुपमा पत्रिका निकाल्ने साहस गरेको देख्दा हिम्मत भन्दा पनि मुर्खता त होइन भन्ने लागेको थियो ।

तर, एकल व्यक्तिलेयसरी नियमित पत्रकिा प्रकाशन गरेकोमा सबैले प्रशंसा मात्र होइन सम्मानीत सहयोग गरिरहने बताउँनु भयो ।



उँहाले यसरी गरेको पहलमा सबै स्थानीय समाजसेवी र बुद्धिजीवी बर्गले सम्मानपुर्वक साथ दिएपछि असम्भव भन्ने केहि नहुने रहेछ भन्ने दरीलो उदाहरण प्रस्तुत गर्दै त्यसैले लोकप्रिय सामाचार ले निरन्तरता पाएको छ भन्नु भयो । 


त्यस्तै कार्यक्रममा बोल्दै गाँउपालीका राष्ट्रिय महासंघका महा सचिब तथा इन्द्रावती गाउँपालिकाका प्रमुख बंशलाल तामाङ ले –“ यो पत्रिका जिल्लाकै संचारक्षेत्रको एक नमुना पात्र हो ।


मुलुक संघियतामा जानु पुर्वको समयदेखि संचालनमा रहेको यो पत्रिका कम अर्थव्यवस्था संचालन गर्नु चुनौति नै हो । तथापि, यस्तो अवस्थामा पत्रीकाको निरन्तरता रहेकोमा धन्यबाद दीनु भयो । उँहाले पालीकाहरुले पत्र पत्रीकालाइ  केही मात्रामा भने पनी सहयोग गरिरहेको स्पष्ट पार्देै सहयोग कै आधारमा भन्दा पनी कामका आधारमा सत्य तथ्यमा रहेर समाचार लेख्न पर्ने बताउँनु भयो ।

उँहाले सञ्चार र राजनीतमिा धेरै फरक रहेको बताउँदै सञ्चार कर्मीले राजनिती भन्दा माथी रहेर समाचार सम्प्रेसण गर्न पर्ने मा जोड दिनु भयो ।

उँहाले राजनितीक र पत्रकारिता एक आपसमा नगं र मासुको सम्बन्ध रहेको बताउँदै राजिनीत गर्ने  भन्दा पत्रकारिताको पेसा अती महत्व र बढी जिम्मेवार रहने बताउँनु भयो ।  त्यसै गरि लिसंखु गाँउपालीकाका प्रमुख कमल नेपालले साप्ताहीक र मासिक पत्रीका संञ्चालन गर्न नसकेको अबस्थामा सञ्चार क्षेत्रमा  जिल्ला कै सिर उच्च राखेर नियमित पत्रीका सञ्चालन गरि  आन्तरिक  जस्तो अबस्थामा रहे पनी  बाहीरी हेर्दा ब्यबस्थापन रामै्र देखीएको छ ।

यसमा गाँउपालीकाले हरेक तवर बाट सहयोग गरिरहेको छ गर्ने नै छ भन्नु हुँदै लोकप्रिय समाचार दैनिक पत्रकिालाइ बन्द हुन नदीन सबै लागी पर्ने बताउँनु भयो ।

बलेफी गाँउपालीकाको  अध्यक्ष केदार क्षेत्रीले पत्रकारिताका धर्म , मर्यादा , दाइत्व , जिम्मेवारी का बारेमा अलीकती पनी ख्याल नराखी जथाभाबी समाचार सम्प्रेषण गर्दा सिङ्गो समाजलाइ नै असर पर्ने हुँदा वास्तविकता बुझेर सत्य तथ्यतामा आधारित रहेर समाचार सम्प्रेषण गर्न पर्ने बताउँनु भयो ।

लोकप्रिय समाचारले  हाल सम्म गरेको कार्य प्रती धन्यबाद दिदै आगामी दिनमा अझ बढी बिश्वासमा लिन सकोस भन्नु भयो ।

त्यसै गरि सुनकोसी गाँउपालीकाको उप प्रमुख लक्ष्मी पौडेलले  आफु पनी पत्रीका सञ्चालक भएको  र अहीले जनप्रतीनिधी भए पछी उक्त पत्रीका स्थगित गरेको बताउँदै  पत्रकारिता पेशमा धेरै समस्या छन यो समस्या हरु सँग जुध्दै यसरी नियमित रुपमा दैनिक पत्रकिा संञ्चालन गरेकोमा लोकप्रिय समाचारलाइ बिशेष धन्यबाद छ भन्नु भयो ।

यसै गरि जुगल गाँउपालीकाको उप प्रमुख सिर्जना तामाङ्गले केही सञ्चार गृह हरु कुनै राजनिती दल सँग नजीक रहेर समचार प्रकाशन हुँदा पाठकहरुमा यसको महत्व कम हुँन जाँने हुँदा सबैको साझा भएर काम गर्न पर्ने बताउँदै लोकप्रिय समाचार दैनिकलेअहीले सम्म सबैको साझा भएको पाइएको बताउँनु भयो ।

उँहाले  नियमित पत्रीका प्रकाशनका लागी आफुले सकेको सहयोग गरिरहने बताउँनु भयो । नेपाल पत्रकार महासंघ बागमती प्रदेसका सचिब युबराज पुरीले सिन्धुपाल्चोकमा आफुले पत्रकारिता गरेको धेरै समय बितेको बताउँदै जिल्लामा साप्ताहीक हरु चलाउँन नसकेर बन्द गर्ने अबस्था हुँदा यसरी नियमित पत्रीका प्रकाशन गरिरहेकोमा लोकप्रिय समाचर दैनिकलाइ बिशेष धन्यबाद दिनु भयो ।

अघिल्लो कार्यकालमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष समेत रहनु भएका पुरीले लोकप्रिय समाचार दैनिकले इतीहाँस बनाइ सकेको बताउँदै आगामी दिनमा अझ अगाढी बढ्न सुझाव दिनु भयो ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जिवन श्रेष्ठले हरेक अफ्ट्यारा हरु पार गर्दे आफु रिणमा डुबेर भए पनी पत्रीकालाइ निरन्तरता दिएकोमा लोकप्रिय समाचार धन्यबादको पात्र बनेको छ भन्नु भयो ।

नेकपा एमालेका अध्यक्ष समेत रहनु भएकासुकुम्बासी समस्या समाधान आयोग सिन्धु पाल्चोकका  अध्यक्ष बाल कृष्ण देउजाले सिन्धुपाल्चोक जिल्लाको भौगलिक अबस्था अनुसार साप्ताहीक पत्रकिहरु समेत खपत हुँन समस्या भइरहेको अबस्थामा यसरी दैनिक पत्रीका प्रकाशन गरि नियमित गरेकोमा बिशेष धन्यबाद दिदै अझ बढी प्रगतीका लागी आफुहरुले गर्न पर्ने हरेक सहयोग गरिरहने बताउँनु भयो । सिन्धु पाल्चोक जिल्लाका साहयक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले सिन्धुपाल्चोक जिल्लाको पहीचान राखेर दैनिक पत्रीका सञ्चालन भएकोमा खुशी ब्यक्त गर्दै समाचार पत्रीका साँच्चैको समाचार पत्रकिा बन्न पर्ने बताउँनु भयो ।

चौतारा साँगाचोकगढी नगर पालीकाका बाताबरण बिभागका संयोजक तथा १४ न वडाका वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले आफ्नै वडामा केन्द्रीय कार्यलय रहेको लोकप्रिय समाचार दैनिकले यसरी प्रगती गरेको देख्दा आफुलाइ गर्भ लागेको बताउँनु भयो ।

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक  सुदर्शन थापाले जिल्लामा रहेको लोकप्रिय समाचार दैनिक पत्रीकाले सबैलाइ समेटेर समाचार प्रकाशन गरिरहेकोमा बिशेष धन्यबाद दिदै समाचार पत्रीका सँधै निश्पक्ष हुन पर्ने बताउँनु भयो । त्यसै गरि राष्टीय कलाकार शिबहरी  नेपालले पत्रीकाले निरन्तरता पाएकोमा खुशी लागेको बताउँनु हँुदै अझ बढी प्रगतीको कामना  गर्नु भयो । प्रहरी नायब निरिक्षक घनश्याम नेपालले गजल प्रस्तुत गर्दै पत्रीकालाइ शुभकामना दिनु भयो । कार्यक्रममा संघ सस्थाका तर्फ बाट बोल्दै ग्रामिण महीला सिर्जन शिल परिबार का नानी मैया थापाले   पत्रकारिता जगतमा लोकप्रिय समाचार दैनिकले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो । सामुदायक बन उपभोक्ता महासंघको जिल्ला सचिब समेत रहनु भएको महीला सञ्जालको दया लक्ष्मी श्रेष्ठले लोकप्रिय समाचार दैनकिले ठुलो कठीनाइका बिच पनी पत्रीकालाइ निरन्तरता दिएकोमा बिशेष धन्यबाद दिनु भयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकलाइ बिशेष सम्मान गर्दे  भएको बार्षीक उत्सब कार्यक्रममा स्वगत मन्तब्य कुमार बस्नेतलेराख्नु भएको थियो  पत्रिकाका पुर्ब कर्मचारी हरु  कार्यरत कर्मचारी हरुलाइ प्रशंसा गरिएको उक्त कार्यक्रममा कलाकार राजेन्द्र गिरीको जादु प्रस्तुती गरिएको थियो भने गायककार डिजराज पौडेल ले गित  मार्फत शुभकामना दिनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी बिशेष अतिथी हरुलाइ मायाँको चिनो प्रदान गरिएको थियो  । पत्रीकाको प्रकाशक अपाङ्गता भएका ब्यक्ती भएका कारण सम्पादक सन्तोषी बस्नेतको सभापतीत्वमा भएको कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्ग पे्रस युनियन सिन्धुपाल्चोकको अध्यक्ष दुर्गा आचार्य लगाएत बिभिन्न सञ्चार कर्मीहरुको उपस्थिती रहेको थियो । देशका राष्ट्रिय स्थरका कलाकार, संगितकर्मि र विभिन्न स्थानिय सरकारको प्रतिनिधिका बिचमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला पत्रकार महासङ्घका कार्यकारी र संस्थापक ब्यक्तित्वहरुको समेत सहभागी रहेकाले पनी कार्यक्रम रोचक बनेको  थियो ।



























































, , , , , , , , , , , , , , , , , , ,