काँग्रेस द्वारा बलेफि८का १२५ घर धुरि बिपन्न परिवारलाई खाद्यान्न बितरण

 कुमार बस्नेत  (अधिराज)

लामोसाँगु , कोरोना भाइरस संक्रमणका कारण लामो समय निषेधाज्ञामा परेका बलेफी गाउँपालिका ८का बिपन्न, ज्यालामजदुरी, एकल, जेष्ठ नागरिक, अशक्त, असहाय लगायत १२५ घरधुरीलाई नेपाली काँग्रेस नेत तथा स्थानिय समाजसेवीहरुले बुधबार खाद्यान्न बितरण गरिएको छ।


नेपाली काँग्रेससँग आबद्ध समाजसेवीहरुले १२५ बोरा चामल, दुई किलो दाल, दुई लिटर तेल, नुन, साबुन बितरण गरेको बलेफी गाउँपालिका(८ का नेपाली काँग्रेस गाउँ इकाई सभापति रमेश श्रेष्ठले बताउनु भयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत र सहयोगीहरुको हातबाट खाद्यन्न बितरण गरिएको हो ।

उक्त खाद्यान्न बलेफी गाउँपालिका(८ का सामाजिक युवा संजालका अध्यक्ष समेत रहनु भएका सुवास तिमल्सिना, समाजसेवी तथा बलेफी गाउँपालिका(८ नेपाली काँग्रेसका इकाई सभापति रमेश श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा काँग्रेस क्रियाशिल सदस्य उमेश प्रधान, नेपाल हिमालय सीमापार ब्यापार संघका उपाध्यक्ष सुरेश श्रेष्ठ, समाजसेवी बिचारी पराजुली, ईश्वर तिमल्सिना, राजु श्रेष्ठ लगायतले आर्थिक सहयोगमा खाद्यान्न बितरण गरिएको हो ।



नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य रबिन बिक, काँग्रेस स्थानीय नेताहरु रामकुमार श्रेष्ठ, सनिल काप्ले, जयराम तिमल्सिना, नारायण कार्की लगायतले खाद्यान्न बितरणमा सहजीकरण गर्नु भएको हो । खाद्यान्न पाएपछि बिहान बेलुकीको छाक टार्न सहज हुने नेता उमेस प्रधानले बताउनुभयो।

अझै पनि छुटेका घरधुरीलाई केही दिन भित्र नै खाद्यान्न सहयोग गरिने समाजसेवी सुबास तिमल्सिनाले बताउनु भएको छ । केही दिन अघि पनि तिमल्सिना र अन्य समाजसेवीको आर्थिक सहयोगमा सो वडाका परीगाउँमा ९५ बोरा चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न बितरण गरिएको थियो ।

बेलेफी गापा(८ सबै घरधुरी र सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री पनि उहाँले पु(याउनु भएको थियो । सो वडाको आधारभूत स्वास्थ्य चौकीमा पिपिई सेट, ड्रेसिङ्ग ट्रली समेत उपलब्ध गराएको श्रेष्ठले बताउनु भएको छ ।


, , , , , , , , , , , , , , , , , , ,