बाढी प्रभावित क्षेत्रमा टीम नेपालको आर्थिक सहयोग



मेलम्ची नदीमा असार १ गते आएको बाढीको कारण तिम्बुदेखि मेलम्चीसम्मको जनजीवन अस्तव्यस्त भएको छ । घर–भवनहरु क्षतविक्षत अवस्थामा छन् । कयौ घर र खेतियोग्य जमिन जोखिममा रेहका छन् । ति क्षेत्रहरुको संरक्षण र बाढीले परिएका घर बस्तीहरुलाई पुरानो अवस्थामा ल्याउन मद्दत गर्ने उद्देश्यले टीम नेपालले विभिन्न स्थानमा सहयोग हस्तान्तरसण गरेको छ । चनौटे बजार संरक्षणमा क्रियाशिल चनौटे यूवा समाज क्लब, श्री सरस्वती मावि तथा ग्याल्थुम बजार, इष्ट पोइन्ट एकेडेमी, रेडियो मेलम्ची र हाम्रो टीम मेलम्ची बजारलाई पचास हजारको दरले २ लाख ५० हजार रुपैयाँ सहयोग रकम संस्थाका अध्यक्ष निल बहादुर शाहीले शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।  


यस अघि संस्थाले कोभिड नियन्त्रण सहयोग समिति तथा मेलम्ची नगरपालिका वडा नं। ६ लाई दुई लाख रुपैयाँ भन्दा बढीको औषधी लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

त्यसैगरी बाढीबाट प्रभावित सामुदायिक विद्यालयहरु मध्ये आंशिक क्षति भइ उच्च जोखिमको अवस्थामा रहेको श्री तेर्से मा।वि।लाई पनि विद्यालय संरक्षण र वैकल्पिक कक्षाकोठा व्यवस्थापनका लागि २० लाख बराबरको आर्थिक सहायता प्रदान गरिरसकेको संस्थाका अध्यक्ष शाहीले जानकारी दिनुभएको छ । विद्यालयले संस्थासँग विगत झण्डै बिस वर्षदेखि उक्त विद्यालयसँग शैक्षिक उन्नयनको लागि सहकार्य गर्दै आइरहेको छ ।

संस्थाले मेलम्ची नगरपालिका वडा नं। ६ तालामाराञमा बालगृह सञ्चालन गर्नुका साथै शिक्षा र बालबालिकाको क्षेत्रमा विभिन्न गतिबिधिहरु सञ्चालन गर्दै आएको छ ।


, , ,