पहिरो बाट बिस्थापित


सारदा चालिसे 

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँ पालिका वार्ड नम्बर ७ बाल्का बेताने काप्सल बन्देबी  असार को सुरु देखी निरन्तर बरषादको कारण पहिरो सुरु भै दिन दिनै पानी पर्ना को साथ् बग्ने क्रम जारी रहेको छ सो पहिरो को कारण १० घर बिस्थापित हुना पुगेको छ । 


बिस्थापित हुने मा दलित बस्ती र पहरी समुदाय को बस्ती अति जोखिम छ ।भूगोलको को हिसाब ले पनि सो ठाउ मा पहिला पनि यसरिनै पहिरो लागी बस्ती हरु बिस्थापित भएको थियो । नेपाल बिधुत प्राधिकरण ले सो ठाउको जगाहरु अधिकरन गरेको थियो ।अहिले सोही ठाउ मा पहिरो लाग्न सुरु भएको छ । सो पहिरो बाट बिस्थापित दलित बस्ती र पहरी जाति को बस्ती रहेको छ भने नेपाल बिधुत प्राधिकरन को नहर पनि क्षेती पुग्ने अबस्थामा छ माछा पालन पोखरी पनि क्षेती हुने अबस्थामा छ  । करिब १० घर धुरी बिस्थापित भएको छ । सो बिस्थापित परिवारहरु अहिले पहिरो चलेको ओरपर अस्थायी ट्रेन्ट त्रिपाल हालेर बसि रहेको छन तत्काल लामोसागुको प्रहरी चौकी ले बिस्थापित परिबार हरु लाई उधार गरेको थियो भने स्थानिय जनप्रतिनिधिहरु ले पनि तत्काल ऊनी हरु लाई बस्ने त्रिपाल हरु बेवस्था गरेका छन  । उक्त ठाउ बस्न जोखिम भएको हुदा सो स्थान अनुगमन गरि संम्बन्धित निकाय ले बिस्थापित परिवारहरु लाई सुरक्षित स्थान मा स्थातरन गर्न आबश्यक देखिन्छ ।



, , , , , , , , , , , , , , , , , , ,