पुर्व मन्त्री बस्नेतको पहलमा सिन्धुका अस्पतालमा ब्लड स्टोरेज रेफ्रीजेरेटर

 कुमार बस्नेत (अिधराज)

सिन्धुपाल्चोक ,  जिल्लाका ३ वटा अस्पतालमा ब्लड स्टोरेज गर्न रेफ्रीजेरेटर राखिने भएको छ । कोभिड १९ महामारी र वर्षै पिच्छे बाढिपहिरोको आतंक र अन्य रोगका शिकार भएका तथा दुर्घटनामा परेकाहरुलाई रगत आवश्यक पर्दा रगत स्टोरेज गर्ने रेफ्रीजेरेटर अहिले सम्म सिन्धुपाल्चोकमा उपलब्ध छैन ।



यसैलाई मध्यनजर गर्दै पुर्व मन्त्री एवं नेपाली काँग्रेस बाढिपहिरो विपद व्यवस्थापन समितिका संयोजक तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले तत्काल जिल्लामा रेफ्रीजेरेटर राख्ने निर्णय बमोजिम तिब्र गतिमा काम अघि बढेको जानकारी दिनुभएको छ ।

विपद समितीको जिम्मेवारी पाएको थोरै समय भित्र ३ वटा अस्पतालमा ३ वटा रेफ्रीजेरेटर राख्नका लागि  काँग्रेसजनले सहयोग गरेको बताउनुभयो । बाह्रबिसे अस्पतालमा रेफ्रीजेरेटर राख्नका लागि बलेफी गाउँपालिका वडा नं। ८ निवासी व्यवसायी एवं नेपाली कांग्रेसका युवा नेताहरु सुभाष तिमल्सिनाले रू चार लाख र उमेश प्रधानले रु एक लाख उपलब्ध गराएको नेता बस्नेतले जानकारी दिनुभएको हो । उक्त रेफ्रीजेरेटर अडर भैसकेको र छिटै प्राप्त हुने भएकोले तुरुन्तै अस्पतालमा पुऱ्याईने जानकारी  गराउनु भएको छ ।

त्यसैगरी मेलम्ची अस्पतालका लागि रेफ्रीजेरेटर र भेण्टीलेटर राख्न मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर श्री अंजना देबी मधीकर्मीको नेतृत्वमा नेता बस्नेत सँग गएको टीमले रु एघार लाख एघार हजार एक सय एघार यस अगाडी नै मेलम्ची नगरपालिकाको मेयरलाई हस्तान्तरण गरी सकेको र चौतारा अस्पतालका लागि युवा ब्यबसायी एवंम् नेपाली कांग्रेस भोटेकोशी गाउँपालिकाका कोषाध्यक्ष अमृत कार्कीले आफ्नै समूहवाट तुरुन्तै ब्यबस्था गरी दिने वचन दिनु भएको जनाउनु भयो  ।

मानवीय रक्षाको कार्यमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई उच्च मूल्यांकन गर्दै बस्नेतले हार्दिक धन्यवाद दिनुभएको छ । बस्नेतले यस अघि पनि रगतको अभावमा जिल्लाका सुत्केरी आमा लगायत दुर्घटनामा परि ज्यान गुमाउनु नपरोस भनी देशै भरि रक्तदान कार्यक्रम  नै चलाउदै आउनु भयको थियो ।अबका दिनमा पनि तेस्तो अवस्था आउन नदिने बताउनुभयो । जिल्लाको हरेक विपदमा आफ्नो जिउ ज्यानले भ्याए सम्म लागि पर्ने पनि पुर्ब मन्त्री बस्नेतले बताउनु भयो।

, , , , , , , , , , , , , , , , , , ,