हेलम्बु गाउँपालिकाका बाढी प्रभावितलाई ८० बण्डल जस्ता सहयोग

हेलम्बु गाउँपालिका बाढी प्रभावितलाई ८० बण्डल जस्ता सहयोग गरिएको छ । 


असार १ गते आएको मेलम्ची खोलाको बाढीबाट प्रभावित १६ घरधुरीलाई पाँच ब्याण्डलका दरले हुने गरि अस्थायी बसोबासका लागि उक्त जस्ता पालिकालाई हस्तान्तरण गरिएको हो । हेलम्बु गाउँपालिकाको समन्वयमा टियर फण्ड नेपालको सहयोग र दयाका हातहरु नेपालको साझेदारीमा उक्त सामग्री प्रदान गरिएको हो । आईतबार संस्थाका कार्यक्रम व्यवस्थापक लोक बहादुर चौधरी र प्रशासन तथा वित्तिय व्यवस्थापक अरुण देवानले उक्त सामग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गर्नुभएको हो ।उक्त जस्तापाता प्रभावित घरधुरस्लाई अस्थायी बसोबासका लागि तत्कालै वितरण गरिने सिग्देलले बताउनुभयो । संस्थाले पालिकालाई पहिलो चरणको कोरोना देखि हालसम्म खद्यान्न, स्वस्थ्य सामग्री, रोजगारी सिर्जना , जस्तापाता गरेर २७ लाख ५० हजार सहयोग गरेको अनुगमन तथा मुल्यांकन अधिकृत अरुण सेञ्चुरीले जानकारी दिनुभयो । संस्थाले पालिकासँगको समन्वयमा लैंगिक तथा परिवार सवलिकरण परियोजना मार्फत वडा नं। ३ र ७ का १ सय ३० घरधुरीलाई आर्थिक सशक्तिकरण र पालिकाभर लैंगिक हिंसा विरुद्ध जनचेतना र सहजिकरणको काम गरिरहेको छ ।


, , , , , , , , , , , , , , , , , , ,