मेलम्ची र ईन्द्रावती बाढी पिडितलाई सहयोग गर्न काँग्रेसको विपत कोष

रूपक पुरी


नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं।२ को विपद व्यवस्थापन कोषमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्ने क्रमले तिव्रता लिएको छ ।


कोषमा शुक्रबार तीन लाख १५ हजार २० रुपैयाँ सहयोग गरिएको छ । उक्त कोषमा जिपि कोइराला फाउण्डेसन अमेरिका च्यापट्टरबाट एक लाख १५ हजार २० रुपैयाँ, फाउन्डेशनका सिन्धुपाल्चोक सभापति थईन्द्र रिजालबाट ५० हजार, मेलम्ची नगर सभापति अमृत खनालबाट १० हजार गरि एक लाख ७५ हजार २० रुपैयाँ नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवं कोषका अध्यक्ष आइतमान तामाङलाई एक कार्यहक्रम गरि हस्तान्तरण गरिएको छ । 

 कार्यक्रमकै अबसर पारेर क्यानाडा निवासी पूर्व मन्त्री नेत्र विक्रम थापाका कान्छा सुपुत्र प्रमोद विक्रम थापामार्फत प्राप्त भएको एक लाख ४० हजार रुपैयाँ नेपाली काँग्रेसका जिल्ला सदस्य विक्रम सिलवालले सभापति तामाङलाई हस्तान्तरण गर्नुभयो ।


कार्यक्रममा नेपाली काँग्रेसका नेता विकास तामाङ, क्षेत्रीय सभापति आइतमान तामाङ, जिपि कोइराला फाउन्डेसनका केन्द्रिय सदस्य एलिजा गुरुङ, जिल्ला सभापति थईन्द्र रिजाल, बागमती प्रदेशका महासचिव उत्तम गौतम, नेपाली काँग्रेसका मेलम्चीका सभापति मधुसुधन सिग्देल लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्नु हुँदै क्षेत्रीय सभापति तामाङले अब बाढी प्रभावितलाई स्थायी बसोवास र पुनः निमार्णमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।


राहत कोषमा जम्मा भएको रकम राहत देखि पुनः निमाणको काममा प्रभावितको वर्ग छुट्याएर वितरण गरिने तामाङले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो ।

, , , , , , , , , , , , , , , , , , ,