राप्रपाको अनुरोधमा हेलम्बुलाई UNDP काे सहयोग

 सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा राप्रपाको अनुरोधमा  UNDP ले बिभिन्न सामाग्री सहयोग गरेको छ । 



असार १ गते मेलम्ची खोलामा आएको बाढीका कारण ठुलो मात्रामा धन जनको क्षती ब्यहोरेको हेलम्बु गाउँपालिकामा राप्रपा केन्द्रीय महिला संगठनको महासचिव कुमारी तामाङ र केन्द्रीय सदस्य बाबुराम खड्काले  पार्टी अध्यक्ष पशुपती शम्सेरलाई अनुरोध गरेपछी राप्रपाका केन्द्रिय अध्यक्ष पशुपति शम्शेर जबराको बिशेष पहलमा UNDP ले डिजिटल थर्मोमिटर , प्लस अक्सिमिटर , पिपिई, ग्लोव्स ,सेनिटाइजर , अस्पताल बेड म्याट सहित, माक्स लगाएतका स्वास्थ्य सामाग्रिहरु र बल्याङ्केटहरु  बितरण गरेको हो ।



UNDP का ARR प्रावसी प्रमुख विजय सिंहको उपस्थितिमा हेलम्बु पालिकाक उपाध्यक्ष कोपिला पण्डित र स्वास्थ शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई १८ लाखको उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । 



आइतबार सम्पन्न भएको उक्त हस्तान्तरण कार्यक्रममा पूर्व सभासद चलन बहादुर तामाङ ,केन्द्रीय महिला संगठन महासचिव कुमारी तामाङ , राप्रपा केन्द्रीय सदस्य बाबु राम खड्का, राप्रपा जिल्ला अध्यक्ष गोपाल नर्सिङ श्रेष्ठ, राप्रपा गाउँपालिका प्रमुख अम्बर बहादुर पण्डित, राप्रपा जिल्ला सदस्य हरि गुरुङ्ग, राप्रपा सदस्य बाबुराम खड्का लगाएतको उपस्थिती थियो । 








, , , , , , , , , , , , , , , , , , ,