सिन्धुपाल्चोकको २वडा शिल अन्य स्थानमा निषेधाज्ञा


सिन्धुपाल्चोक जिल्लामा पनी निषेधाज्ञा लागु भएको छ । बुधबार बसेको बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।




यो निषेधज्ञा सँगै चौतारा साँगाचोकगढी नगरपालिकाको  वडा नं. ४ कुबिण्डे र वडा नं.९ कदमबासमा कोरोना संक्रमितको संख्या अत्यधिक बढन थालेपछि सो स्थानहरु शील गरिएको छ ।बैठकले बैशाख २३ गते बिहान ६ बजे देखि ३० गते राति १२ बजे सम्मको लागि सो वडाहरु शील गरिएको हो । अत्यावश्यक काम बाहेक सो स्थानबाट आवतजावत गर्न नपाउने गरि सो क्षेत्रमा शील गरिएको  साहयक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनु भयो । बैठकले होटल रेष्टुरेण्टहरु पुर्णरुपले बन्दगर्ने निर्णय गर्नुका साथै अतीआबश्यक बाहेक घरबाट बाहीर ननिस्कन समेत सबैमा अनुरोध गरेको छ । यसै गरि नगर स्तरिय कोभीड सङ्कट ब्यबस्थापन समितीको बुधबार बसेको नगरपालिकाको बैठकले आपतकालीन सेवा चुस्त दुरुस्त राख्नका साथै कोही कसैलाई तत्काल एम्बुलेन्सको आवश्यक परे रोहित शर्मालाई ९८५१२३४५७४ मा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै संक्रमितहरुसँग समन्वय गर्नका लागि स्वास्थ्य शाखा प्रमुख शिबबहादुर पुरीलाई ९८४१५३८४५७ र आइसोलेशनका लागि चिरञ्जिबी कट्टेललाई ९८५११५१६८२ मा तत्काल सम्पर्क राख्न अनुरोध गरेको छ । यसै गरि चौ सा गढी न पा वडा नं ५ का जनप्रतिनिधी,राजनैतिक दलका प्रतिनिधी,टोल विकास समितीका पदाधिकारी र स्थानिय व्यापारीहरुको उपस्थितीमा भएको बैठकले  २०७८बैशाख२४ गते देखि३०गते सम्म अत्यावश्यक सामग्री पसल भन्दा वाहेक अन्यपुर्ण रुपमा वन्द गर्ने निर्णय भएकोले वन्द गरिदिनु हुन र वजारमा अनावश्यक उपस्थिती नभई कोरोनाको संक्रमणवाट वच्नु हुन अनुरोध गरेको छ । वडाअध्यक्ष नरमान श्रेष्ठले आफु रहे मात्र ससांर रहने बताउँदै पहीले आफु स्वस्थ्य रहन आम नागरिकलाइ अनुरोध गरिएको बताउँनु भयो ।




यसै गरि वडा नं १४का अध्यक्ष शेर बहादुर श्रेष्ठले सुचना प्रकाशीत गरि अनाबश्यक घरबाट बाहीर ननिस्कन अनुरोध गर्दै वडा भित्र केही समस्या परेमा सम्पर्क ब्यक्ती तोकीएका कारण सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ । 


, , , , , ,