सुनकोशीको थुम्पाखर पनी जोखिममा घरबाहीर ननिसकन अध्यक्षको अनुरोध

कुमार बस्नेत 

 सिन्धुपाल्चोक जिल्लामा लागु भएको निषेधाज्ञा सँगै गाँउपालीकाहरुका वडाहरुमा पनी नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागी घरबाट बाहीर ननिस्कन अनुरोध गरिरहेका छन ।


यसै बिच सुनकोशी गाँउपालीकाले  पालीका भित्रका नागरिकलाइ  अत्याबश्क काम बाहेक घरबाट बाहीर नस्किन भन्दै पालीकाबाट पनी आबश्यक काम बाहेक अरु सेवा स्थगित गरेको पालिकाका अध्यष श्रवण कुमर जिसी (बिनोद) ले जानकारी दिनु भयो । यसै सन्धर्भमा वडा नं६मा भने घरदैलो अभियाननै चलाएको छ । वडा अध्यक्ष रामकुमार थापाले वडाका कोही पनी नागरिकलाइ कुनै पनी रोग नलागोस  भन्दै स्वास्थ्य मा ध्यान दिनका लागी वडाबासीलाइ चेतना जगाउँन घरदैलो अभियान चलाएको बताउँनु भयो । उँहाले गत बैशाख को पहीलो हप्तामा बिबाहको लगनमा जन्त जाने क्रममा जन्त  जाने केही ब्यक्तीलाइ  कोरान देखीएको हुँदा त्यस्ता ब्यक्तीहरुले सतर्कता अपानउँन अनुरोध गर्दे अध्यक्ष थापाले तत्काल थुम्पाखरको हाइवे सडकको ढोकामा स्वास्थ्य पोष्ट समेतको स्थपना गरि न लागेको बताउँनु भयो ।

उँहाले वडामा बढी जोखिम  बढेकोले सतर्क रहन समेत सबै वडाबासीमा अनुरोध गर्दै वडा सचिब मिन बहादुर कार्की(शुसिल) स्वास्थ्य प्रमुख जुली आले वडा प्राबीधिक श्रीवास्तव सहीतको टोलीलाइ  हरेक नागरिकलाइ सुचना गर्न गाडी समेत रिजर्भ गरि माइकिङ्ग समेत गर्ने ब्यबस्था मिलाइएको बताउँनु भयो । थापाले  वडा नं६का नागरिकलाइ कुनै समस्या परेमा आफुहरुले श्रोत र साधनले भ्याए सम्म तत्काल  सहयोग गर्ने योजना रहेको ले आफ्नो फोन नं  ९८४१२७५२०१ वडा सचिबको ९८५११३६२०४ र स्वास्थ्य प्रमुखको फो न नं ९८४१८०६६०६मा फोन गर्न समेत वडाअध्यक्ष थापाले अनुरोध गर्नु भयो ।  


, , , , , ,